३२ श्रावण २०७७
काठमाडौं–शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकोे क्रममा कोरोना संक्रमित एक महिलको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर २ तिनपैनीकी ५० वर्षीय महिला हुन् । उनलाई ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।
उनको राति करिब १२ः३० मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ताले जानकारी दिएका हुन् ।