२९ मंसिर २०७७/बिकास तामाङ.
काठमाडौ-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको आईतवार निधन भएको छ ।
तामाङको आईतवार ५५ बर्षको उमेरमा निधन भएको हो । मृतक वीर बहादुर तामाङ बिगत लामो समय देखी दिर्घ रोगको उपचार अर्दै आएका थिए ।
सोमबार नै तामाङको शब स्वयम्भु स्थित बौद्ध धर्म संस्कार अनुसार दहासंस्कार गरिसकेको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको हो ।
मृतक वीर बहादुर तामाङ २०४८ साल देखि नै पुर्व नेकपा एमालेमा आबद्ध रहेका थिए ।