22.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्धमा नेकपा एमालेको जित सुनिस्चित छ, विजय जुलुसको तयारि गर्नुहोस-सम्झना लामा

नमोबुद्धमा नेकपा एमालेको जित सुनिस्चित छ, विजय जुलुसको तयारि गर्नुहोस-सम्झना लामा

धुलिखेल-काभ्रेको नमोबुद्ध नगरपालिका उप–प्रमुखका उम्मेदवार सम्झना लामाले कानपुरको कमेरे स्थित बाक्लो तामाङ वस्तिमा पुगेर तामाङ भाषा बाट नै सम्बोधन गरेकी छिन

नगर प्रमुखका उम्मेदवार राजन भुर्तेल, बागमती प्रदेश सभा सदस्य गोमा भुर्तेल, वडा न.५ का वडाध्यक्षका उम्मेदवार बुद्ध सिं तामाङ लगायत नेकपा एमालेका नेता कार्यकर्ता सहित वडा न.५ कानपुरमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका विच लामाले नमोबुद्ध नगरपालिकामा नेकपा एमालेको जित सुनिस्चित रहेको र विजय जुलुसको लागी तयार हुन समेत कमेरेवासिलाई अनुरोध गरिन ।

सिङ्गो नगरपालिका भित्र नेकपा एमालेको सरकार हुंदा पांच वर्ष भित्र गरेका बिकास निर्माण लगायतका कुरामा देखिएको परिवर्तन अनुरुप जनताले बैशाख ३० मा हुने चुनावमा सुर्य चिन्हमा मतदान गर्ने र नेकपा एमालेका सुर्यध्वोजावहाक उम्मेदवारहरुलाई विजयी गराउने कुरामा आफु र आफ्नो सिङ्गो टिम ढुक्क रहेको कुरा बताइन् । यत्ति मात्र नभएर यो किसिमको अशुद्ध गठबन्धन मात्र नभएर महागठबन्धन नै भए पनि कमेरे वासीमा जस्तो नेकपा एमालेलाई माया गर्ने नगरवासिहरुको मायले हामी सधैं अगाडी हुनेछौं भन्ने कुरा समेत व्यक्त गरिन ।

यसै क्रममा स्थानिय कमेरावासिलाई सम्बोधन गर्दै नगर प्रमुखका उमेदवार राजन भुर्तेलले नेकपा एमालेले जितेमा नगरभित्रका सुख्खा जमिनलाई उर्वर भुमिमा परिवर्तन गर्ने, पशु विमा लगायतको कार्यक्रम नेकपा एमालेकै सरकारमा आएको हुंदा अव हामी कृषि विमा कार्यक्रमलाई समेत जोड दिएर कृषकको जिवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउने कुरा बताए । हामी समग्रमा सुखी नमोबुद्ध वासी समृद्ध नमोबुद्ध नगरपालिका बनाउने अभियानमा लागेका छौँ तसर्थ आम नगरवासि आमा-बुवा, दाजु-भाई तथा दिदी बहिनी हरुलाई आउने निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्न समेत अनुरोध गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्