22.1 C
Kathmandu

कला/ साहित्यबौद्ध नयाँवस्तीको छायांकन सम्पन्न, छायांकन स्थलमा देखियो यस्तो दृश्य

बौद्ध नयाँवस्तीको छायांकन सम्पन्न, छायांकन स्थलमा देखियो यस्तो दृश्य

काठमाडौं । तामाङ ‘गीत बौद्ध नयाँवस्ती’को छायांकन सम्पन्न भएको छ । तामाङ सुपर स्टार डम्फु मिडियाको प्रस्तुती तामाङ सेलो गीत बौद्ध नयाँवस्तीको केही दिन अघि मात्रै छायांकन सम्पन्न भएको छ ।

तामाङ चलचित्र क्षेत्रका हाँस्य कलाकार कुईसाङ रुम्बाको शब्द रचना र च्वाईस दोङको संगीत रहेको उक्त गीतमा संगीतकारद्धय च्वाईस दोङ र सुमिना लोको आवाज रहेको छ । उक्त गीतको भिडियो छायांकन स्थलामा तामाङ चलचत्रिका महानायक अमिर दोङलाई प्रहरी निरीक्षकको भेषमा देखेका थियौं । महानायकद्धय आफै उक्त गीतको निर्देशन पाटो सम्हाल्दै थिए । उन्ले यो पटक भने तामाङ गीतसंगीतको म्युजिक भिडियोलाई फरक ढंगले बनाउन खोजेको बताए । यस पटक दोङले एलिना राईमाझीलाई फरक ढंगले भिडियोमा उतारेको बताए ।

निक्कै नै रोमाञ्चक एवम् डान्सिङ बिट रहेको उक्त गीतको भिडियो तर्फ नृत्य निर्देशन भने तमाङ चलचित्रका अर्का नायक तथा निर्देशक राज किङ वाईबाले गरेको छ । भिडियोमा सञ्जिव गोले र नायिका एलिना राईमाझीको धमाकेदार नृत्य हेर्न सकिनेछ भने नव कलाकारहरुलाई समेत प्रस्तुत गरेको छ । उपत्यका भित्र विभिन्न समयमा फरफरक खालका अपराधिक घटनाहरु घटिरहेको बेलामा त्यस्तै खालका घटनालई समाबेस गरि तयार गरिएको उक्त गीतको अफिसियल भिडियो केही दिनमा नै बजारमा आउने तामाङ चलचित्रका महानायक अमिर दोङले बताए ।

निक्कै नै तामझामका साथ बौद्ध नयाँवस्ती लगायत अन्य रात्रीकालीन व्यवसायस्थलमा समेत छायांकन गरिएको उक्त गीतको दृश्य छायांकन भने बिक्रम मोक्तानले गरेका हुन् । उनि पछिल्ला समय भिडियो छायांकन संगै निर्देशन क्षेत्रमा पनि उत्तिकै लागेको देखिन्छ ।

भिडियो हेर्नुहोस…..


तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्