21.1 C
Kathmandu

कला/ साहित्यकाभ्रेको अतित लामा बने प्रथम मिस्टर तामाङ-२०२४

काभ्रेको अतित लामा बने प्रथम मिस्टर तामाङ-२०२४

काठमाडौं । प्रथम मिस्टर तामाङ-२०२४ को विजेता काभ्रेको अतित लामा घोषणा भएको छ । “तामाङ कला र प्रतिभाको सम्मान” भन्ने नाराका साथ मम्स ईन्टरनेशनल नेपालले आयोजनामा प्रथम मिस्टर तामाङ-२०२४ को आज सम्पन्न ग्रैण्ड फिनालेमा अतित लामालाई विजेता घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ग्रैण्ड फिनालेमा द्धितिय अनिल लामा र तृतीय विश्वराज स्याङ्बालाई घोषणा गरेका हुन् । दर्शकको भोटिङ संगै निर्णाय मण्डलले दिएका मार्किङको आधारमा प्रतियोगीहरु मध्यबाट उत्क्रिस्ट छनौट गरि पहिलो, दोस्रो र तेस्रो विजेता घोषणा गरेका हुन् ।

आज सांझ ५ बजे बजे काठमाडौ स्थित सँस्कृतिक संस्थान जमल राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रमका साथ प्रथम मिस्टर तामाङ-२०२४ को ग्रैण्ड फिनाले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जुरी मेम्बर्सबाट प्रश्न गरी प्रश्नको उत्तर प्रितियोगीहरुलाई लिखित र मौखिक रुपमा दिन लगाएका थिए । प्रतियोगीहरुलाई जुरी मेम्बर्सबाट तामाङ हुनुमा के कुराले गर्व लाग्छ ?, नेपालको बर्तमान शिक्षा प्रणालिको मुख्य समस्या के हो ?, नगद पैसाले तपाई खुशी किन्न सक्नुहुन्छ कि हु्न्न जस्ता केही प्रश्नहरु गरेका थिए । जुरी मेम्बर्सहरुले गरेका प्रश्नको जवाफ मौखिक रुपमा प्रतियोगीहरुले दिईरहंदा प्रश्न नबुझेर हो या किन हो प्राय प्रश्नअनुसारको जवाफ दिन प्रतियोगीहरु चुकेको देखिन्छ । प्रतियोगीहरुलाई झण्डै १ महिना १५ दिन जत्ति हरेक खालका बिषयमा प्रशिक्षण गराए पनि अझै कन्फिडेन्स स्किलको विकास भने भएको देखिएन ।

आज सम्पन्न ग्रैण्ड फिनालेमा जुरी मेम्बर्सको रुपमा केडी मोक्तान, अमिर दोङ, अरुणा श्रेष्ठ र चाँदनी मोक्तान रहेका थिए । भने १५ जना प्रतियोगीगहरुमा झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका छन् । त्यसै गरी नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेका छन् । दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङले आज सम्पन्न हुने ग्रैण्ड फिनालेमा उच्च प्रतिस्पर्धा गर्नेछन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्