21.1 C
Kathmandu

कला/ साहित्यच्याङ्बा र मैच्याङ सार्वजनिक, श्रावण १९ मा आस्मानको खान्दोके सेलो विथ ब्याण्ड...

च्याङ्बा र मैच्याङ सार्वजनिक, श्रावण १९ मा आस्मानको खान्दोके सेलो विथ ब्याण्ड हुने

काठमाडौं । गायक आस्मान लोप्चनको सेलो गीत च्याङ्बा र मैच्याङ भिडियो सहित डिजिटल बजारमा सार्बजनिक भएको छ । शनिबार काठमाडौ चावहिल स्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमबीच उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो ।

शनिबार चलचित्र विकास बोर्डको हलमा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यतामा च्याङ्बा र मैच्याङ बिमोचन गरिएको हो । गीत बिमोचन कार्यक्रममा डा. टासी छिरिङ लामा (एच.बि.) र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको विशेष आतिथ्यता एवं सिन्धुपाल्चोक समाज नेपालका संस्थापक अध्यक्ष थुप्तेन ग्याल्वो मोक्तान लगायत अन्य अतिथिहरु रहेको थिए । कार्यक्रमा कलाकार, पत्रकार, व्यवसायी लगायत अन्य गीतसंगीत प्रेमी महानुभावहरुको बाग्लो उपस्थिति रहेका थिए ।

रेडियोकर्मीबाट संचारको क्षेत्रमा पाईला चालेका लोप्चनले संचारको साथमा मोडलिङ क्षेत्रमा समेत आफुलाई खरो उतार्ने प्रयास गरेका थिए । पछिल्ला समय यत्ता लोप्चनले मोडलिङ संगै आफै गीत गाउन थालेपछि अत्याधिक रुपमा दर्शकले रुचाउन थाले । हाल सेलो गीतसंगीतको क्षेत्रमा एक परिचीत नाम बनेको छ आस्मान लोप्चन। उनले दर्जन बढी खान्दोके सेलोलाई श्रोता, दर्शक माझ ल्याईसकेको छ। सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका सिन्धुपाल्चोक चौताराका लोप्चन मौलिक गीत संगीतलाई एउटा उचाईमा पुर्याउनुपर्छ भन्ने उद्देश्य सहित अघि बढिरहेको बताउँछन्।

लोप्चनलाई संचारको क्षेत्र र मोडलिङबाट भन्दा धेरै गायकको रुपमा स्थापित मात्र भएनन् । गायकको रुपमा स्थापित भएपछि छोटो समयमा नै उनको कला प्रस्तुतीका लागी अन्तर्राष्ट्रिय स्टेजहरुमा समेत पुर्याए ।यसै सिलसिलामा मौलिक भाका खान्दोके सेलोलाई निरन्तर लगाव राख्दै आएका लोकप्रिय गायक आस्मान लोप्चनले बिल्कुलै फरक रोमान्टिक गित “च्याङ्बा र मैच्याङ” पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

“च्याङ्बा र मैच्याङ” मा शब्द आस्मान स्वयम्, संगित प्रकाश लामा, एरेन्ज बिसम आचार्य र मिक्सिङ/मास्टरीङ साजान शाहले गरेका हुन्। स्वरमा उनलाई सुरिलो स्वरकि धनी चर्चित गायिका सुवानी मोक्तानले साथ दिएकी छन्।

त्यस्तै भिडियो । तर्फ युबराज वाईबाको निर्देशनमा निशल पौडेलले खिचेका छन्। बिकास दाहालले सम्पादन गरेको भिडियोमा गायक लोप्चन स्वयम, मिस तामाङ २०२४ का बिजेता रिया लामा, गोकुल तामाङका साथै अतिथि कलाकारको रुपमा सरना तामाङ र सोनाम लामाको अभिनय रहेको छ।

च्याङ्बा र मैच्याङ सार्बजनिक भए संगै यहि श्रावण १९ गते खान्दोके सेलो विथ आस्मान लोप्चन हुने भएको छ । मौलिकता हाम्रो साझा सम्पति हो, हाम्रो शान हो, हाम्रो पहिचान हो । तसर्थ यसलाई जोगाउनु, पुस्तान्तरण गर्नु र प्रचारप्रसार गर्नु हामी सबैको साझा दायित्व हो भन्ने मुख्य भावना सहित डम्फु, टुंना, तामाङ भाषा र तामाङ भेषभुसा सहित गायक आस्मान लोप्चनको “तामाङ मौलिक भाका खान्दोके सेलोको संरक्षण एवं प्रबर्द्धनका लागि खान्दोके सेलो विथ लाइभ ब्याण्ड” कार्यक्रम हुने प्रस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

तामाङ सेलो गित संगितको जगतमा विभिन्न मौलिक भाकाहरु प्रचलित छन् । जसमा खान्दोके सेलो, फापरे सेलो, डम्फुरे सेलो, म्हेन्दोमाया आदि पर्दछन् । विशेष गरी सिन्धुपाल्चोकको अधिकांश तामाङ गाउँहरुमा गाइने आफ्नै मौलिक भाकाको रुपमा परिचीत छ खान्दोके सेलो । आस्साना सार्दो मन परादो” बाट विशेष उठान गरिने सिन्धुपाल्चोकको भेगिय मौलिक भाका भएतापनि यसलाई सुन्ने स्रोता, हेर्ने दर्शकको संख्या दिनानुदिन विश्वभर फैलिदै गइरहेको छ । गइरहेको यहाँहरु माझ सार्वजनिक गर्न पाउँदा अत्यान्तै हर्षित महशुस गरेका छौं । यो एउटा हाम्रो साझा अभियान हो । यसकारण यो प्रयासलाई हातेमालो गर्दै अघि बढ्न नैतिक, भौतिक र आर्थिक रुपमा समेत महत्वपुर्ण योगदान पुर्याउनु हुनेछ भन्ने आशा अनि विश्वास लिएका छौं । प्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खान्दोके सेलो विथ आस्मान लोप्चन कार्यक्रमको उदेश्यहरु यसरी उल्लेख गरेको पाईन्छ ।
क) तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत आफ्नो ऐतिहासिकता भएको संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै सांसर भरि प्रचार प्रसार गर्ने ।
ख) बाह्य एवं पश्चिमी संस्कृतिको प्रभाव लाई निरुत्साहित गर्दै संस्कृतिक बिचलनलाई न्यूनीकरण गर्ने र मौलिक खान्दोके सेलोमा आकर्षण बढाउने ।
ग) हामी ऐतिहासिक कला संस्कृतिमा विश्वकै धनी देश हो । त्यसैले हाम्रो आफ्नो मौलिक संस्कृतिक इतिहासको महत्व दर्शाउँदै बिशेष गरि हाम्रो नयाँ पुस्तालाई मौलिक संस्कृतिमा आकर्षण, उत्प्रेरित एवं पुस्तान्तरण गर्दै जाने ।
घ) हाम्रो ऐतिहासिक कला र संस्कृतिको धरोहरलाई अझ उच्च पार्दै लैजाने ।

च्याङ्बा र मैच्याङ हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्