21.1 C
Kathmandu

समाचारअसार १५ धान दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाउंदै

असार १५ धान दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाउंदै

    काठमाडौ । आज असार १५ अर्थात धान दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाउंदै । हरेक वर्ष असार १५ गते धान दिवस खेतमा काम गरी दही चिउरा खाएर खेतमा धान रोप्दै हिलो माटो संगै मनाउंदै आएका छन् ।

    दही चिउरा खानाले शरीरमा शीतलता प्रधान गर्नुका साथै शक्ति सञ्चय हुने विश्वास रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिने गरेको छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ अर्थात धान दिवस मनाउँछन् ।

    दही वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणको बेला पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । दहीले पाचन शक्ति पनि बढाउने भएकोले पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ ।

    २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय बैठकले निर्णय गरी २०६२ साल असार १५ गतेदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा विभिन्न खालका गीत गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । अहिले त गीत गाउने नाच्ने कन्सर्ट गरी खेतमै रमाइलो पनि गरिन्छ ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

    तपाईंको प्रतिकृया दिनुहोस्

    लोकप्रिय

    मुख्य समाचार

    यो पनि पढ्नुहोस्