22.1 C
Kathmandu

ब्रेकिङ समाचारस्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ।

गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीय छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०–२५ मिटर माथिबाट पहिरो खसेको थियो।

पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ।३१ वर्षीय दुर्गा र उनकी छोरी निकिसाको घटनास्थलमै मृत्यु भएको छ।पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसी समेत मरेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्