22.1 C
Kathmandu

समाचारओली र देउवाबिच बालकोटमा भेटवार्ता

ओली र देउवाबिच बालकोटमा भेटवार्ता

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । शनिबार एमालेका अध्यक्ष ओलीलाई भेट्न कांग्रेस सभापति देउवा उनको निवास बालकोट पुगेका हुन् ।

दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म बालकोटमा देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बताए पनि यथार्थ बिषय के के हुन भन्ने कुरा भने सार्बजनिक गरेका छैनन् ।। छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी डा.आरजु राणा पनि सहभागी रहेका थिइन् ।

कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
निक्कै लामो समयपछि ओलीलाई भेट्न बोलकोट पुगेका हुन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच के के कुरामा छलफल र निचोड निस्किए भन्ने बिषय भने आम जनमानसमा चासोको बिषय बनेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्