22.1 C
Kathmandu

खेलकुददक्षिण कोरियामा सम्पन्न ओलम्पिक तेक्वान्दो 2024 मा नेपालले जिते कास्य पदक

दक्षिण कोरियामा सम्पन्न ओलम्पिक तेक्वान्दो 2024 मा नेपालले जिते कास्य पदक

काठमाडौ । विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप 2024 मा नेपालले कास्य पदक जितेको छ। दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका राजकुमार दराईले कास्य पदक हासिल गरेको हो।

राजकुमार दराइले फाइट (ख्यरुगी) ६२-६६ तौल समुहको सेमिफाइनलमा ब्राजिलका खेलाडी भिक्टोर मेन्डोन्का संगाई लाई पराजित गर्दै कास्य पदक चुम्न सफल भएका हुन्। कोरियाको सियोलमा आयोजना भएको उक्त प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ-नेपाल चितवन फाइट क्लबका अध्यक्ष, नेपाल तेक्वान्दो चाङ्मुकवान महासंघका महानिर्देशक समेत रहनु भएको मास्टर राजकुमार दाराइले (पुम्से र स्प्यारिङ ६२-६६ केजी)तौल समुहमा कास्य पदक प्राप्त गरेका हुन


नेपालको तर्फबाट एक मात्र खेलाडी सहभगी भएका थिए । नेपालको लागी कोच रोहित राजवंशी, सहायक प्रशिक्षक विजय तामाङ र अफिसियल मेनेजरमा धीरेन लामा रहेका थिए। प्रतियोगिता जुन २९-३०  दुई दिन चलेको थियो।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्