22.1 C
Kathmandu

कला/ साहित्यक्यान्सर पीडितलाई नगद हस्तान्तरण गर्दै जीवन कथा भाग १ सार्वजनिक

क्यान्सर पीडितलाई नगद हस्तान्तरण गर्दै जीवन कथा भाग १ सार्वजनिक

काठमाडौं । क्यान्सर पीडितको स्वास्थ्य उपचारका लागी सहयोगार्थ रकम हस्तान्तरण गर्दै कान्छा तामाङको जीवन कथा भाग-१ सार्वजनिक गरएको छ । शनिबार बौद्ध स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै Bishwo Dong अफिसियल युट्युव च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रसुवा जिल्ला-कालिका गाउपालिका राम्चेका कान्छा तामाङले जीवनमा भोगेका आफ्ना वास्तविक कथामा आधारित गीत हो जीवन कथा भाग-१ । कान्छा तामाङले पारिवारिक समस्याका कारण भोग्नुपरेको समस्याहरुलाई जस्ताको तस्तै भिडियोमा उतार्ने जमर्को देखिन्छ । घरको अभिभावकले बाटो बिराउंदा उसको सन्तानले खेप्नु परेको सबै खालका दुःख अनि पिडालाई मुख्य आधार मानेर कथा तयार पारेको यो गीतको भिडियो हेरेर मन नदुखाउने सायद कमै होलान ।

शनिबार उक्त गीतको अफिसियल म्युजिक भिडियो सार्बजनिक तथा पत्रकार सम्मेलनमा जीवन कथा भाग-१ का सिङ्गो टिमबाट काभ्रे जिल्ला रोशी गाउँपालिका वडा ५ का ६० बर्षीय क्यान्सर पीडित कलाकार बाबु लामाको स्वास्थ्य उपचारका लागि रु.पचास हजार नगद पीडितका परिवारलाई हस्तान्तरण गरिएका थिए । भिडियो सार्वजनिक संगै कान्छा तामाङले जीवन कथा भाग-२ छिट्टै बजारमा ल्याउने बताए । त्यस्तै गायक तथा संगीतकार विश्व दोङले मृगैला पीडित बाबु लामाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

कान्छा लामाको शब्द रचना रहेको जीवन कथामा संगीत/एरेन्ज नेपाल तामाङ कलाकार संघका पुर्व अध्यक्ष गायक तथा संगीतकार विश्व द‍ोङको रहेको छ भने आवाज संगीतकारद्वय विश्व दोङ र सुनिना लो को रहेको छ । गीतको अडियो मिक्सिङ दिपेस प्रधानले गरिएको हो।

गीतको भिडियो तर्फ मिस्टर काजी तामाङको निर्देशनमा मुख्य पात्रको रुपमा कान्छा तामाङलाई उभ्याएको छ भने कुईसाङ रुम्बा, भूईसाल तामाङ र नायिका सुस्मा मोक्तानको नुख्य अभिनय रहेको छ । ३५ मिनेट लामो भिडियोमा धावा लाक्पा तामाङ, कृष्ण बहादुर तामाङ, बाबु तामाङ, विष्णु तामाङ प्रेम बहादुर तामाङ, छेसाङ तामाङ, प्रकाश तामाङ, मिन तामाङ, पुर्ण तामाङ आकाश तामाङ, रेशम तामाङ पासाङ तामाङ शान्ते तामाङ, रेशम लामा लगायत २५ जना भन्दै धेरै स्थानिय कलाकारहरुको समेत अभिनय रहेको छ ।

भिडियो छायांकन र सम्पादन त्रिलोक लामाले गरेका हुन भने ड्रोन क्याप्टेन पेमा टासी वाइवा रहेको छ।

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्