22.1 C
Kathmandu

समाचाररेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भए अमरध्वज लामा

रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भए अमरध्वज लामा

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगकपालिका वडा नं. ५ मा जन्मेका लामाले रेडियो नेपालमा २५ वर्ष सेवा पार गरेर स्वैच्छिक अवकाश लिएका थिए । २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट उनले अनिवार्य अवकाश लिएका थिए । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले उनै लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेका थिए । तिन जना मध्येबाट लामालाई नियुक्त गरेका हुन् ।

रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख समेत रहेका छन् ।

२३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको सेवा सुरु गरेका लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, (रेडियो नेपालको बोर्ड सदस्य समेत भइसकेका छन् । हाल रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका लामाल पत्रकारिता संगै अन्य विभिन्न बिषयहरुमा प्रशिक्षकको रुपमा समेत परिचित व्यक्ति हुन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्