22.1 C
Kathmandu

समाचारमिस्टर तामाङ र मिस तामाङ २०२४ को सिङ्गो टिम अभियानको क्रममा रसुवाको...

मिस्टर तामाङ र मिस तामाङ २०२४ को सिङ्गो टिम अभियानको क्रममा रसुवाको आमाछोदिङ्मो जाने तयारी

काठमाडौ । पहिलो संस्करणको मिस्टर तामाङ र मिस तामाङ २०२४ को सिङ्गो टिम नै शैक्षिक सामाग्री लिएर रसुवा जिल्लाको आमाछोदिङ्मो गाउंपालिका जाने भएको छ । 

शिक्षामा निरन्तरताको लागि शैक्षिक अभियान भन्ने मुल नाराका साथ शैक्षिक सामाग्री वितरण कार्यक्रम तथा वातावरण संरक्षण, पर्यावरण पुनर्स्थापन संगै मानसिक स्वास्थ्य सम्बन्धि चेतना  अभिवृद्धि अभियानका साथ मिस्टर तामाङ र मिस तामाङ २०२४ को सिङ्गो टिम एकै साथ रसुवा जाने तयारी रहेको कार्यक्रम आयोजक पक्षले जानकारी दिए । आयोजकको अनुसार रसुवा जिल्ला अन्तर्गत आमाछोदिङ्मो गाउंपालिका वडा नं ३ गाल्वाङ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामाग्रीको साथै चेतनामुलक कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रम यही असोज ०२ गतेको लागी तय गरिएको छ ।

मिस तामाङ र मिस्टर तामाङ जस्ता कार्यक्रम प्रति पछिल्ला समय केही प्रश्न उठ्नुका साथै चर्चा पनि उत्तिकै चल्ने गरेका छन् । मिस्टर तामाङ र मिस तामाङको भविष्य र तिनले समाजको लागि गर्ने काम के हुन् ? भन्ने खालका प्रश्नहरुको गतिलो जवाफको रुपमा यस पटक मिस तामाङ र मिस्टर तामाङले संयुक्त रुपमा एक अभियान नै संचालन गर्ने भएका छन् ।यद्यपी यस अघि पनि मिस तामाङले विभिन्न सामाजिक कार्यहरु गर्दै आएका थिए । यस पटक विजेता उप विजेता मात्रै नभएर सकेसम्म सिङ्गो प्रतिस्पर्धाीहरु नै यस अभियानमा जोडिने कार्यक्रम आयोजकले बताए । यद्यपी केही प्रतिस्पर्धीहरु आफ्ना व्यक्तिगत समस्याका कारण अभियानमा छुट्न सक्ने समेत बताए । 

कार्यकारमको मुख्य आयोजक मम्स ईन्टरनेशनल नेपाल रहेको छ भने सह आयोजक संयुक्त रुपमा मिस्टर तामाङ २०२४ र मिस तामाङ २०२४ रहेको छ । उक्त कार्यक्रमको संयोजक मिस तामाङ २०२४ रिया लामा रहेको छ । कार्यक्रमको लागी मिस तामाङ उईनर सोसाईटी, ल्याण्ड आवर फ्युचर, आकार मेन्टल हेल्थले सहकार्य गर्ने भएको छ । शैक्षिक सामाग्रीको लागी भने दोर्जे कपि ले स्पोन्सर गर्ने भएको छ । 

उक्त कार्यक्रमको सहकार्यमा लागेको संस्था ल्याण्ड फर फ्युचरले वातावरण संरक्षण र प्रबर्द्धनमा निरन्तर अवाज बुलन्द गर्दै आइरहेको छ । जस अन्तर्गत समुदायस्थरको कार्यक्रम पहिलो कार्यक्रम सिन्धुपाल्चोकबाट संचालन गर्दै रसुवासम्म पुग्ने  भएको छ । वातावरण प्रदूषण, जलवायु परिवर्तन तथा पर्यावरणीय क्षेतीलाई न्युनिकरण गर्ने हेतुले सहकार्यमा जोडिएको जानकारी प्राप्त भएको छ । युवा हरुको बलियो संजाल नै खडा गरि पछिल्लो समय वातावरण संरक्षणको सवालमा एक ढिक्का  भएर अगि बडिरहेको संस्थाका संयोजकले  बताएका ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्