22.1 C
Kathmandu

समाचारनेपाल बोटल वाटर उद्योग संघले पानीको मुल्यमा ल्याउने भयो एकरुपता

नेपाल बोटल वाटर उद्योग संघले पानीको मुल्यमा ल्याउने भयो एकरुपता

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले देशैं भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन आफ्नो संस्था कृयाशिल रहेको बताएको छ ।
आज एक पत्रकार सम्मेलन गरि संघले उपत्यका भित्र र उपत्यका बाहिर आम उपभोक्ताले पाउने पानीको अधिकतम मुल्य समेत तोकेको छ । बिशेष गरि ढुवानी खर्चको कारणले गर्दा पानीको मुल्य केहि बढ्न गएको भएपनि बिचौलियाको मनपरिले गर्दा उपभोक्ताले जुन मुल्य तिरिरहेका छन् उत्पादक कम्पनिले त्यसको अनुपातमा मुल्य पाउन नसकेको भन्दै संघले तोकेको मुल्य भन्दा बढी लिन खोजे संबन्धित सरकारी निकाय र संघलाई खबर गर्न आम उपभोक्ताहरुलाई अपिल समेत गरेको छ । संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने जनाईएको छ ।

पत्रकारहरु संग बोल्दै संघका अध्यक्ष ध्रुव बहादुर गौतमले राज्यको नियम कानुन र बिचौलियाको चलखेलको कारण धेरै पानी उद्योगहरु धरासायी बन्दै गईरहेको भए पनि राज्यले यसको संरक्षणको नीति नलिएकोमा आपत्ति जनाउनु भएको थियो । उपभोक्ताको नजरमा पानी उद्योगीहरु पापी,अपराधि जस्तै ठहरिन्छन् तर कराडौं खर्च गरेर स्थापना गरेको उद्योग धरासायी बन्दै गर्दा बिचरा भनिदिने सम्म कोहि नभएको भन्दै ब्यवसायीहरु निरास बन्दै गईरहेको अध्यक्ष गौतमले बताउनु भयो । सहि गलत केहो भनेर छुट्याउने अरु थप्रै निकायहरु भए पनि आम नागरिकको पहुँचमा छिटो पुग्ने भनेकै संचार माध्यम भएको ले राज्यको चौथो अंगको रुपमा रहेको यो संयन्त्रले बास्तविकता लाई खोतलेरमात्र समाचार संप्रेसण गर्न अध्यक्ष गौतमले आग्रह गर्नु भयो ।
पानी उत्पादन गर्ने कम्पनि बनाएर एकैपल्टमा करोडौं आम्दानी हुने होईन भन्दै यो ब्यवसायमा लागेका ब्यवसायीहरु समेत संवेदनसिल हुनु पर्नेमा अध्यक्षको जोड रहेको थियो ।


नयाँ संबिधान लागु भए यता मात्रै सरकार बाट आएका संघ देखि स्थानिय सरकार सम्मका बिभिन्न नियम कानुन र ऐनले घाँटी अठ्याईरहेको यो ब्यवसायलाई संचार माध्यमको हेर्ने दृष्टीकोण चै सकारात्मक हुनु पर्नेमा अध्यक्षले जोड दिनु भएको थियो । सस्तो लोक प्रियता र भ्युज बटुल्नमात्र संवेदनसिल बिषयलाई हल्का ढंगमा प्रस्तुत नगर्न तथा संबन्धित ऐन कानुन र नियम हेरेर मात्र समाचार बनाउन अध्यक्ष गौतमले मिडियाहरुलाई सचेत समेत गराउनु भएको थियो ।


नजिकिदै गईरहेको चाडवाडलाई मध्य नजर गर्दै उपभोक्ता नठगिउन भन्ने उदेश्यले यो पत्रकार भेटघाट मार्फत संपुर्ण जानकारी गराउनुका साथै मिडियाको माध्यमबाट यो ब्यवसायको वास्तबिक उदेश्यको बारेमा अवगत गराउन खोजेको अध्यक्षको भनाई रहेको थियो ।


संघले उपभोक्तालाई स्वच्छ सफा गुणस्तर सिलवन्द जार तथा वोटलको पानी खुवाउनको लागि सम्पुर्ण पानी उद्योगीलाई पटक पटक क्षेत्रगत प्रशिक्षण तालिम गराउँदै आएका छ । जुनसुकै उत्पादनमा जनस्वास्थ्यको हितका लागि अपनाएका सावधानी र प्रक्रियामा मानविय त्रुटी वा कमजोरी र नियतवश गरिएको कार्यमा फरक व्यवहार छुट्याउनु पर्नेमा सामान्य त्रुटी भै उद्योगीहरु लाई ठूलो सजाय भोग्नु पर्ने वाध्यकारी अवस्था छ । उपभोक्तावाट पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँड रक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्यले गर्दा विभिन्न समस्या आइपर्ने देखिएको छ । सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनु पर्छ तर सिल खोलिएको वोटल, जारको उद्योगी जिम्मेवार हुनु नपर्ने भएता पनि सिलखोलेको पानीको मात्र उजुरी लाई महत्व दिई सुचना सम्प्रेशण गर्दा निर्दोषी पानी उद्योगी कारवाहीमा पर्ने भएको बताए ।

काठमाण्डौं उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरुले २०७७ सालमा गठीत संसदिय समितिको सिफारिस लाई आधार मानी दुइ वर्ष अगाडी २०७९ साल जेठ १९ गते देखि विभिन्न खाद्यवस्तुको मुल्य वृद्धि हुँदा समेत आम उपभोक्ताको हितलाई ध्यानमा राखी जारमा उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ डिष्टिव्युटर मुल्य रु ४० र खुद्रा मुल्य रु ४७ , एक लिटर वोटलमा उद्योग मुल्य रु. ११ , ढुवानीकर्ता मुल्य रु १३, डिस्टिव्युटर मुल्य रु १४, खुद्रा मुल्य रु १६ कायम भएकोमा उपभोक्ताले सोही वमोजिमको मुल्यमा पानी खरिद गर्ने गरेको देखिन्छ तर उद्योगीले उक्त मुल्य पाइरहेको छैन । विचमा विचौलियाको चरम खेलवाडले गर्दा लागत मुल्य टिकाउन नसकि अत्यधिक घाटामा उद्योग संचालन गर्नु परिरहेको र उद्योगीहरु उद्योग वन्द गरी पलायन हुनु पर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरुको उद्योग वचाउ अभियानमा पत्रकार मित्रले साथ दिनु पर्ने कुरा समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

एकरुपता ल्याउने मुल्यमा उपत्यकाभित्र जारको उद्योग मुल्य १८,डिष्टिव्युटर मुल्य ३५, उपभोक्ता मुल्य ४५\४७, बोटल उद्योग मल्य ११० प्रति १२ बोटल, डिष्टिव्युटर मुल्य १३०, उपभोक्ता मुल्य १४०, खुद्रा मुल्य :१६ प्रति बोटल उपत्यका बाहिर जार उपभोक्ता खुद्रा मुल्य ६०, बोटल, उपभोक्ता खुद्रा मुल्य २० तोकिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्