22.1 C
Kathmandu

कला/ साहित्यऐतिहासिक दोस्रो डम्फु साँझ २०८१ असोज १२ गते दरबारमार्गको लिक्विड लाउन्ज एन्ड...

ऐतिहासिक दोस्रो डम्फु साँझ २०८१ असोज १२ गते दरबारमार्गको लिक्विड लाउन्ज एन्ड बारमा

काठमाडौ“ह्याङ्ला डम्फु ह्याङ्लान शान, चुनोन ह्याङ्ला पहिचान” भन्ने नुल नाराका साथ मौलिक संस्कृति प्रवर्द्धनका लागी “ऐतिहासिक दोस्रो डम्फु सांझ-२०८१” हुने भएको छ ।  शनिबार काठमाडौ दरबारमार्ग स्थित लिक्विड लाउन्ज एन्ड बारमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यमबारे जानकारी दिनुका साथै कार्यक्रमको अबधाराणा पत्रको साथमा पोस्टर समेत सार्बजनिक गरेका हुन् ।

डम्फु सांझ प्राईभेट लिमिटेडको आयोजनामा शनिबार सम्पन्न पत्रकार सम्मेलन मार्फत नेपाल तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष चर्चित गायक तथा संगीतकार विश्व दोङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रमको अवधाराणा पत्र सार्बजनिक गरेका हुन् । उक्त एक पेज लामो अवधारणा पत्रमा कार्यक्रम तामाङ समुदाय, पहिचान र अस्तित्व संगै जोडिएर डम्फुलाई विशेष जोड दिएको पाईन्छ । अवधारणा पत्रमा ताम्बा र डम्फुरेको बारेमा पनि थप प्रस्टाईएको देखिन्छ । प्राचिनकालमा डाम्बा अर्थात डम्फुको उत्पत्ति संगै उत्पत्ति भएको मौलिक तामाङ सेलो संगीत विभिन्न कालखण्डमा अनेक अवरोधहरुको सामाना गर्दै पुर्खाहरुले जोगाउंदै आएकोमा अहिले तामाङ दर्शन र संस्कृतिक सभ्यतालाई जोगाउन धेरै चुनौतिको बिषय बनेको कुरा समेत उवधाराणा पत्रमा उल्लेख गरिएको छ । यस्तै खालका चुनौतिहरुलाई छिचोल्दै आफ्नो सांस्कृतिक सभ्यताको विकास गर्दै आधुनिक पश्चात्य संगीतले नेपाली बजारमा दिनप्रतिदिन जमाईरहेको प्रभावलाई न्युनिकरण गर्दै आफ्नो मौलिक कला संस्कृतिको विकास गर्दै लाने मुल उदेश्यका साथ एउटा मौलिक कार्यक्रमको ब्राण्डिङ गर्ने कसरतले डम्फु सांझ कार्यक्रमको अवधाराणा तयार गरिएको प्रस्ट पारेका छन् ।

ईतिहांसकै पहिलो पटक २०७५ सालमा पहिलो पटक सम्पन्न भएको “डम्फु सांझ २०७५” भव्यताका साथ सन्पन्न भए पश्चात कोभिड १९ कारण यस कार्यक्रमलाई निरन्तरता दिनका निम्ति असमर्थ भएको र २०७८ सालमा कार्यक्रमको पूर्ण तयारी भैसकेर पनि कार्यक्रम रोक्नुपर्ने कुराको जानकारी दिदै यस पटक भने कार्यक्रमलाई थप स्तरिय र प्रभकारी बनाउने तयारी रहेको आयोजकले बताए । 

डम्फुको तालमा रहेको गीतसंगीत तथा कला संस्कृतिलाई संसारभरी फैलाउनु, तामाङ सभ्यताको विकास गरि यसको महत्व दर्शाउनु , आफ्नो अस्तित्व र पहिचान कायम राख्न टेवा पुगोस र नेपाल राष्ट्रको राष्ट्रिय पहिचान संसारभरि छुट्टै कायम होस भन्ने नै कार्यक्रमको मुख्य उदेश्य रहेको छ । कार्यक्रममा चर्चित गायक विश्व दोङ र उनको ब्याण्ड “ ल्हास्सो न्युजिकल ब्याण्ड” को विशेष लाईभ प्रस्तुति रहनेछ । कार्यक्रममा गायक विश्व दोङले ऐतिहासिक गाथा बोकेका मौलिक गीतहरुका साथमा पुराना तथा नयां चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । टुङ्ना र डम्फु सहितको समिश्रण रहेको ल्हास्सो म्युजिकल ब्याण्डको साथमा चर्चित गायिका सुमिना लो र सुनिता गोलेको पनि विशेष प्रस्तुती रहने भएको छ ।

असोज २१ गते शनिबार सांझ ५ बजेबाट लिक्विड लाउन्ज एण्ड बार, दरबारमार्गमा हुने उक्त कार्यक्रमको लागी टिकट मुल्य रु एक हजार तोकिएको छ भने कार्यक्रमको मुख्य प्रायोजकको तर्फबाट कम्प्लिमेन्ट्री  ड्रिङ्स समावेश गरिएको जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्