28.1 C
Kathmandu

समाचारप्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले गरे धरपकड

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले गरे धरपकड

काठमाडौ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले धरपकड गरी जबर्जस्ती पक्राउ गर्ने प्रयास गरेको छ । बिहिबीर संगठनको एक कार्यक्रममा पुगेका बस्नेतलाई प्रहरीले सुनियोजित रुपमा पक्राउ गर्न खोजेको भन्दै प्रेस चौतारी नेपालले गम्भीर रुपमा आपत्ति जनाएको छ ।

अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेकोमा प्रेस चौतारी नेपालको गम्भीर आपत्ति जनाउदै प्रेस विज्ञप्ति नै जारी गरिएको छ । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए । प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । धरपकट गर्दै जबरजस्ती पक्राउ गर्न खोजेपछि कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताए । समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ । यसो हुँदाहुँदै पनि जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर रहेको कुरा समेत महासचिव लामाले बताए ।

घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोर्याउन हामी चेतावनी दिन चाहन्छौं । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौं । महासचिव हिरामान लामाले प्रेय विज्ञप्ति सहित आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्