28.1 C
Kathmandu

अर्थतन्त्रलगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली भए नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली भए नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रलयबाट जानकारी आएको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए भने त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् ।

२७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्