28.1 C
Kathmandu

समाचारलुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीका साथै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ । शनिबार दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तयार पारेको मौसम पूर्वानुमानमा ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्