28.1 C
Kathmandu

स्थानिय समाचार“तामाङ सांस्कृतिक सङ्ग्रहालयको योजना लथालिङ्ग”-पूर्वअध्यक्ष सलाम सिं तामाङ

“तामाङ सांस्कृतिक सङ्ग्रहालयको योजना लथालिङ्ग”-पूर्वअध्यक्ष सलाम सिं तामाङ

काठमाडौं । काभ्रेको तेमाल गाउंपालिकामा निर्माण गरिने भनिएको तामाङ सांस्कृतिक सङ्ग्रहालय र तेमाल रंगशाला लगायतका योजना लथालिङ्ग अवस्थामा पुगेको छ ।

तामाङ समुदायको उद्गमथलोका रूपमा परिचित काभ्रेपलान्चोकको तेमालगाउंपालिकामा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नका लागि तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल गरि गरी योजना तय गर्नुका साथै यो बिषय निक्कै चर्चामा आएका थिए ।

जसरी अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक सङ्ग्रहालयको बारेमा चर्चा चले त्यसरी नै कार्यन्वयनमा भने चर्चा पाउन असफल भएको देखिन्छ । शुक्रबार काठमाडौ स्थित एक होटलमा ऐतिहासिक तेमालको वृत्त चित्र (तेमालको एक परिचय) सार्वजनिक तथा पत्रकार सम्मेलनमा तेमाल गाउंपालिकाका पूर्वअध्यक्ष सलाम सिं तामाङले तामाङ सांस्कृतिक सङ्ग्रहालय र तेमाल रंगशाला लगायतका अन्य थुप्रै योजनाहरु हाल अलपत्र अवस्थामा रहेको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तामाङले आफ्नो कार्यकालमा परेको बजेटहरु समेत उक्त योजनामा कार्यन्वयन गर्न नसकेर बजेट फ्रिज पठाएको बताएका थिए ।कार्यक्रममा बोल्ने क्रममा तामाङले आफ्नो कार्यकालमा तेमालको जनताले प्रत्यक्ष रुपमा देख्ने गरी थुप्रै योजनाहरु सम्पन्न गरेको बताउंदै सम्पन्न हुन बांकि अन्य केही ठुला योजनाहरुलाई हालको जनप्रतिनिधिहरुले अलपत्र रुपमा छोडेको बताए । विगत चार पांच वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका वडा नं ७ स्थित सिङ्दान डाँडामा तामाङ सङ्ग्रहालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा हाल यो योजना लथालिङ्ग रहेको पूर्वअध्यक्ष तामाङले बताए ।

यस बिषयमा हामीले तेमाल गाउंपालिकाका उपाध्यक्ष दलमान थोकरसंग गरेको प्रश्नमा भने “यसअघि थालिएको अभियान अन्तर्गत सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तत्कालीन सांसद गङ्गाबहादुर तामाङको सक्रियतामा एक करोड लागतमा तीन तले प्रशासनिक भवन निर्माण भइसकेको छ । बजेट फ्रिज पठाएको कुरा गलत रहेको र लगभग ९० प्रतिशत काम सम्पन्न भएको बताए । सकेसम्म छिटो यसलाई संचालनमा ल्याउन हामी निरन्तर छलफलमा छौं । योजना लथालिङ्ग होईन व्यवस्थित ढंगले कार्य सम्पादन हुने क्रममा छ ।” उपाध्यक्ष थोकरले बताए ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममार्फत सारा खबर टि.भि.मा औपचारिक रुपमा तेमाल गाउंपालिकाको वृत्त चित्र सार्बजनिक गरिएका थिए । वृत्त चित्र भने पहिलोपटक सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित पालिका अध्यक्ष सलाम सिं तामाङको कार्यकालमा तेमाल गाउंपालिका र सारा मल्टिमिडिया प्रा.ली.को सहकार्यमा बनेको थियो । उक्त वृत्त चित्रमा तेमालमा रहेका धार्मिक, सांस्कृतिक/प्राकृतिक सम्पदा संगै शैक्षिक, सामाजिक, स्वास्थ्य र विकास निर्माणको पहिलेको अवस्था र जनप्रतिनिधि आए पस्चातको अवस्थाहरुलाई समेत समावेस गरिनुका साथै तेमालमा रहेका पर्यटकिय क्षेत्रहरुलाई पनि उत्तिकै महत्वका साथ संलग्न गरिएको पाईन्छ ।

हाल सिङ्गो परिवार सहित अमेरिकामा रहेका सारा खबरका संचालक मिलन लामाले यसरी तेमालमा रहेका हरेक खालका सम्पदाहरु संगै पर्यटकिय स्थलहरुलाई महत्व दिएर निर्माण गरिएको वृत्त चित्रको प्रमुख उदेश्य नै तेमालमा रहेका धर्म, संस्कृति, भाषा कला र हालको अवस्था संगै सम्भावनाहरु पछिल्लो पुस्तालाई देखाउन र विश्वभरिबाट नेपाल आएका पर्यटकलाई तेमालमा आकर्षित गर्नु रहेको बताए । नमोबुद्ध न्युजसंग गरेको संवादमा मिलन लामाले “यो वृत्त चित्र तेमालको एउटा दस्तावेज हो । भोली यहां देखाईका दृश्यहरुमा सकरात्मक या नकरातमक दुवै तवरले परिवर्तन हुन सक्दछ । तसर्थ यो एउटा ईतिहास समेत बन्ने छ ।” उनले भने

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्