26.1 C
Kathmandu

समाचारभ्रष्टाचारको अखडा बन्दै स्थानीय तह: प्रमुख/उपप्रमुखसहित ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह: प्रमुख/उपप्रमुखसहित ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो वर्षमा सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको जनाएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१मा कुल २०१ थान मुद्दा दायर गरेको छ । यसरी दायर भएका मध्ये ७८ थान मुद्दा स्थानीय सरकारमा भएको भ्रष्टाचार सम्बन्धी छ ।

अख्तियारका प्रवक्ता घिमिरेका अनुसार सबैभन्दा धेरै उजुरी सङ्घीय मामिला मन्त्रालय अन्तर्गत नै परेको छ, जो स्थानीय तहको सम्पर्क मन्त्रालय हो । सङ्घीय मामिला मन्त्रालयमा ३८.९१ प्रतिशत उजुरी परेको उनले बताए । अख्तियारले एक हजार ५४५ जनालाई प्रतिवादी बनाउँदा तीमध्ये ५२० जना कर्मचारी छन् । निर्वाचित जनप्रतिनिधि १०६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ५२० जना कर्मचारीमध्ये विशिष्ट श्रेणीका ६ (मुख्य सचिवसहित) सहसचिव वा सो सरह ३०, उपसचिव/ वा सो सरह ८२, शाखा अधिकृत/इन्जिनियर वा सो सरह २०२ र सहायकस्तरका २०० जना रहेका छन् ।

अख्तियारले यो आर्थिक वर्षमा पूर्व र वर्तमान गरी २० जना स्थानीय सरकार प्रमुख र १४ उपप्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्य मुद्दामा प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, खरिदार, वडा अध्यक्ष, ठेकेदार र इन्जिनियर, ओभरसियर र उपभोक्ता समितिका सदस्यसम्मलाई विपक्षी बनाइएको छ ।त्यस्तै ४७ जना प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्