22.1 C
Kathmandu

समाचारकाठमाडौंको विष्णुमती खोलामा खसेर एक पुरूष बेपत्ता

काठमाडौंको विष्णुमती खोलामा खसेर एक पुरूष बेपत्ता

काठमाडौ। काठमाडौंको विष्णुमती खोलामा खसेर एक जना पुरूष बेपत्ता भएका छन्।

आइतबार साँझ सवा ८ बजेतिर टोखा नगरपालिका वडा नम्बर ८ रमणबस्तीबाट एक जना पुरूष बेपत्ता भएको एक प्रहरी अधिकारीले बताए। उनका अनुसार लमजुङ घर भई एकता बस्ती बस्ने ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन् ।आफ्नो छोरासँग बाटोमा हिँडिरहेको अवस्थामा उनी चिप्लिएर विष्णुमती खोलामा खसेको प्रहरीले जानकारी दिए।

आईतबार सांझ परेको बर्षातको कारण उपत्यकाको विभिन्न खोला नदिको बहाव बढेको छ । 

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्