21.1 C
Kathmandu

कला/ साहित्यवरिष्ठ गायक रोज मोक्तानको “रोशी खोला दुम्जामा” ग्रामिण मौलिकतालाई जोड

वरिष्ठ गायक रोज मोक्तानको “रोशी खोला दुम्जामा” ग्रामिण मौलिकतालाई जोड

काठमाडौ । वरिष्ठ गायक रोज मोक्तानको “रोशी खोला दुम्जामा” बोलको नयां गीतमा ग्रामिण मौलिकतालाई जोड दिएको पाईन्छ । हिजो मात्रै गायकद्वय मोक्तानको युट्युव च्यानल मार्फत उक्त गीतको भिडियो सार्बजनिक गरेका हुन् ।

पछिल्ला समय यत्ता डिजिटल बजारमा गीतसंगीत तथा गीतको म्युजिक भिडियोहरु दैनिक रुपमा सार्बजनिक हुने गरेको पाईन्छ ।बजारमा गीतसंगीतको बर्षातसंगै कत्तिपय गीतहरुले बिकृति फैलाएको भन्दै गालि र तालिको बर्षात पनि उस्तै देखिन्छ । यसै क्रममा नेपाली गीतसंगीतको आकाशमा सबैको परिचित अनुहार गायकद्वय रोज मोक्तानले लोक आधुनिक जरनको गीत “रोशी खोला दुम्जामा” बोलको गीत भिडियो सहित सार्बजनिक गरेको छ । भिडियोमा भिमफेदी गाईजको मोडर्न नृत्य संगै ग्रामिण भेगको मौलिकतालाई उतारेको देखिन्छ । निक्कै रचनात्मक ढंगले गाउंठाउंको मौलिक भेषभुषासंगै ग्रामिण भेगको दैनिकीलाई समेत टपक्क टिपेर भिडियोमा समाबेश गरेको देखिन्छ ।

बजारीकरण तथा सहरीकरणको क्रममा गाउंमा उत्पादन हुने दुध सिधै दुग्ध डेरीमा पुगेको अवस्थामा पहिले झै मोही पार्ने दृश्य त आजकालका केटाकेटीले देख्न प्राय असम्भव देखिन्छ । गाउंका ति ठेकी मदानी त अचेल शहर बजारको संग्रहालयमा देख्न थालिसकेको अवस्था छ । यसको अर्थ ति कुराहरु लोप हुंदै गएको छ भनेर बुझ्न सकिन्छ । त्यस्तै लोप हुन लागेका दृश्यलाई समेत गीतको भिडियोमा उतारेको देखिन्छ । ढुङ्गाको ताउमा रोटी पोलेको दृश्य पनि त गीतको भिडियोहरुमा कमै देख्ने गरेको पाईन्छ ।

सहर बजारको प्रेम लिला/प्रेम कहानीका गीतहरु बजारमा छ्यापछ्याप्ति आईरहेको बेलामा यो गीतको भिडियोमा भने गाउंले परिवेशकै बुढ्यौलीमा लागेको मायाको भोकलाई निक्कै रोचक तवरले प्रस्तुत गरेको छ । बाहिरबाट हेर्दा गाउँले जनजीवन यस्तै नै छ। व्यस्त सहरको गन्जागोल घरनिर्माण, अस्तव्यस्त सडक छोडेर ऐतिहासिक रोशी र कोशीको संगमस्थल दुम्जालाई आधारित मानेर गाउंले मायाको परिवेश प्रस्ट्याउनु नै भिडियोको सबल पक्ष देखिन्छ ।

सदाबहार गायकको रुपमा सुपरिचित गायक रोज मोक्तानको आफ्नै शब्द रचना र संगीतमा बनेको गीतमा आवाज पनि आफ्नै रहेको छ । भिडियो तर्फ भने पवन सुस्लिङको निर्देशनमा चर्चित मोडल याङ्गी दोङ र गायकद्वय रोज मोक्तानको साथमा भिमफेदी गाईजलाई हेर्न सकिनेछ । भिडियोको छायांकन, सम्पादनको सम्पुर्ण कार्य पवन सुस्लिङ ले नै गरेको हो ।

भिडियो हेर्नुहोस….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्