10.1 C
Kathmandu

कला/ साहित्य‘मेरो मन’ मार्फत सांगीतिक क्षेत्रमा फर्किए कुबेर सिं दोङ

‘मेरो मन’ मार्फत सांगीतिक क्षेत्रमा फर्किए कुबेर सिं दोङ

काठमाडौं । सकृय राजनितिक तथा सामाजिक जीवन बिताउंदै आएका वरिष्ठ संगीतकार कुबेर सिं दोङ लामो समय सम्म सांगीतिक क्षेत्रबाट अलग रहेका थिए । उनै दोङ “मेरो मन” बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा पुनः आगमन भएको छ ।

सांगीतिक क्षेत्रमा एक कुशल सर्जकको रुपमा स्थापित संगीतकार दोङले तामाङ गीतसंगीतको बजारलाई यत्तिको उचाई सम्म पुर्याउनका लागी अतुलनिय योगदान दिएका छन् । दोङले सांगीतिक क्षेत्रमा तहल्का पिटेको त्यो समयमा तामाङ कलाकारहरु संख्यात्मक रुपमा थोरै मात्रा थिए । अहिले बजारमा एक से एक तामाङ कलाकारहरु आईसकेका छन् । नव कलाकारहरपको थपिदो संख्या संगै निक्कै लामो समय पछि कुबेर सिं दोङ “मेरो मन” मार्फत सांगीतिक क्षेत्रमा फर्केका हुन् ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य डिल्लीमान दोङको प्रमुख आतिथ्यतामा सोमबार एक पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्बजनिक गरेका हुन् । कार्यक्रममा विशेष अतिथि चर्चित गायक तथा संगीतकार विश्व दोङ, तामाङ चलचित्रका महानायक अमिर दोङ, मम्स ईन्टरनेशनलका अध्यक्ष रञ्जिता ब्लोन, चर्चित नायिका चाँदनी मोक्तान लगायत अन्य अतिथिहरुको उपस्थिति रहेका थिए ।

सोमबार सार्बजनिक गरिएको उक्त गीतको शब्द र संगीत कुबेर सिं दोङको रहेको छ भने भ्वाईस अफ किड्सका फाईनलिस्ट छेसाङ तामाङको सुमधुर आवाज रहेको छ । गीतको अडियो एरेन्ज भने चर्चित गायक तथा संगीतकार विश्व दोङ्ले गरेका हुन् । भिडियो तर्फ छांयकन र सम्पादन भने त्रिलोक लामाले गरेका हुन् ।

कार्यक्रमको सभाध्यक्ष समेत रहेका दोङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा “ गीतसंगीत क्षेत्रमा लामो समय सम्म मेरो उपस्थिति नरहे पनि म हरेक खालका गीतसंगीतहरु सुन्ने हेर्ने गर्थे । किनारमा बसेर म हर कुरा नियालीरहेका थिए । गीतसंगीतबाट टाढा रहन्छु भनेर नसकिने रहेछ । यसै क्रममा रियालीटी शो भ्वाईस अफ किड्सलाई नियाल्दा छेसाङ नानीको आवाजले मेरो ध्यान तान्यो र पुनः सांगीतिक क्षेत्रमा फर्किए ।” उनले भने ।

“मेरो मन” बिश्व दोङ अफिसियल युट्युव च्यानल मार्फत डिजिटल बजारमा ल्याएको छ ।
भिडियो हेर्नुहोस्….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्