24.1 C
Kathmandu

कला/ साहित्यऐतिहासिक दोस्रो डम्फु सांझ-२०८१ को तयारी अन्तिम चरणमा

ऐतिहासिक दोस्रो डम्फु सांझ-२०८१ को तयारी अन्तिम चरणमा

काठमाडौ“हाम्रो डम्फु हाम्रै शान, यसैमा छ तामाङ पहिचान”भन्ने मूल नाराका साथ तामाङ जातिको मौलिक बाजा तथा

सांस्कृतिक चिनारीको प्रतिक डम्फु संस्कृति लाई जोगेर्ना  गर्ने उदेश्यका साथ आयोजना गरिएको ऐतिहासिक डम्फु सांझ-२०८१ को तायरी अन्तिम चरणमा पुगेको छ ।

डम्फु सांझ प्राईभेट लिमिटेडको आयोजनमा काठमाडौ दरबारमार्ग स्थित लिक्विड लाउण्ज एण्ड बारमा असोज १२ गते शनिबार सांझ हुने भनिएको ऐतिहासिक डम्फु सांझ-२०८१ को तयारी अन्तिम चरणमा पुगेको चर्चित गायक तथा संगीतकार विश्व दोङले जानकारी दिएको छ । उक्त कार्यक्रममा मौलिक बाजा डम्फु र टुङ्ना सहितको लाईभ म्युजिक व्याण्ड संगै चर्चित गायक तथा संगीतकार विश्व दोङको एकल सांगीतिक प्रस्तुती रहनेछ । यद्यपि गायकद्वय दोङलाई सांगीतिक प्रस्तुतिका लागि चार्चित गायिका सुमिना लो र सुनिता गोलेको पनि साथ रहने आयोजकले बताएको छ ।

डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग हो । तामाङ जातिको विवाह, विभिन्न समारोह लगायत अन्य कार्यक्रम र चाडपर्वहरुमा समेत डम्फु बजाउदै गीत गाउने र नाच्ने गर्दछन् । तामाङ जातिले डम्फु बजाएर गीतमार्फत नै पुर्खाहरु सम्झेर आफ्नो इतिहास बताउने गर्दछन् । यहि डम्फुलाई नै मुख्य आधार मानेर ईतिहांसमै पहिलो पटक गायक दोङले २०७५ सालमा पहिलो डम्फु सांझको आयोजना गरिएका थिए । त्यसैको निरन्तरताको रुपमा यस पटक दोस्रो डम्फु सांझको आयोजना गरिएको आयोजक पक्ष बताउंछन् ।

कार्यक्रममा गायक दोङले ल्हास्सो म्युजिकल ब्यान्डको लाईभ प्रस्तुती संगै ऐतिहासिक गाथा बोकेका मौलिक गीतहरुका साथमा पुराना तथा नयाँ चर्चित गीतहरु प्रस्तुत गरेर भरपुर मनोरन्जन दिनेछन् । ल्हास्सो म्युजिकल ब्यान्ड मौलिक बाजा डम्फु र टुङ्ना सहितको समिश्रण ब्यान्ड रहेको दोङले बताए ।गायक दोङको अनुसार मौलिक सेलो गीतसंगीत तथा कला संस्कृतिलाई संसार भरी फैलाउनु, तामाङ सभ्यताको विकास गरी यसको महत्त्व दर्साउनु, आफ्नो अस्तित्व र पहिचान कायम राख्न टेवा पुर्‍याएर संसार भरी यसको छुट्टै अस्तित्व कायम रहोस् भन्ने कार्यक्रमको मूल उदेस्य रहेको छ । 

कार्यक्रम शनिबार सांझ ५ बजे बाट औपचारिक रुपमा शुरु हुनेछ भने छोटो औपचारिक कार्यक्रम पस्चात विभिन्न सांगीतिक प्रस्तुतिहरु पस्कने तयारी रहेको छ । कार्यक्रममा प्रवेश शुल्क स्वरुप रु एक हजार तोकिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्