22.1 C
Kathmandu

कला/ साहित्यम्हारमेन चलचित्रको प्रिमियर सम्पन्न

म्हारमेन चलचित्रको प्रिमियर सम्पन्न

काठमाडौ । तामाङ चलचित्र म्हारमेनको प्रिमियर सम्पन्न भएको छ । शनिबार काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा उक्त चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।

२०७२ सालमा आएको महाविनाशकारी भुकम्पले निम्त्याएको समस्या संगै समसामायिक सामाजिक कथावस्तुमा तयार गरेको चलचित्र म्हारमेन पुर्व माननिय नविना लामाको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा समुद्घाटन पस्चात प्रिमियर सम्पन्न गरिएका थिए । तामाङ समुदायको मौलिक कथा र संस्कृतिलाई उजागर गरिएको चलचित्र म्हारमेनको प्रस्तकर्ता रिन्छेन घिसिङ रहेको छ । चलचित्रको कथा लेखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनले गरेका छन् भने कथाको परिकल्पना स्वयं नायिका एवं निर्माता रञ्जिता लामाकै रहेको छ । चलचित्रको कथा तामाङ समुदायको दैनिक जीवन, परम्परा, र मूल्य मान्यतामा आधारित छ, जसले तामाङ समाजको मौलिकता र पहिचानलाई उजागर गर्दछ ।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त चलचित्रको मुख्य भुमिकामा तामाङ चलचित्रका महानायक अमिर दोङको साथमा नायिका तथा निर्माता रञ्जिता ब्लोन, सुश्मा मोक्तान, हांस्य कलाकार कुईसाङ रुम्बा र पदम दोङको जोडी, अनिता नेगी, अस्मान वाइवा, राहुल मोक्तान लगायतका अन्य धेरै कलाकार हरुको अभिनय रहेको छ ।

चलचित्रको छायंकन तथा सम्पादन विक्रम लामाले गरेका हुन भने राजु तामाङको द्धन्द, शब्द र संगीत चर्चित गायक तथा संगीतकार विशाल काल्तानको रहेको छ । चलचित्रमा समावेस गरिएका गीतमा गायक विशाल काल्तान र गायिका जितु लोप्चनको आवाज रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्