22.1 C
Kathmandu

स्थानिय समाचारकाभ्रेली जनताको घाउमा मलमपट्टी लगाउन पूर्वमन्त्री रेशम लामाको भूमिका

काभ्रेली जनताको घाउमा मलमपट्टी लगाउन पूर्वमन्त्री रेशम लामाको भूमिका

काठमाडौ । बाढी पहिरोको कारण समस्यामा परेका काभ्रेली जनताको घाउमा मलमपट्टी लगाउन पूर्वमन्त्री रेशम लामाको भूमिका अग्र पंतिमा देखिन्छ ।

असोज ११-१२ मा परेको अभिरल बर्षातको कारण उपत्यका लगायत अन्य विभिन्न जिल्लाहरुमा आएको बाढी र पहिरोले निक्कै ठुलो धनजनको क्षति भएको छ । यो प्राकृतिक महाबिपत्तिको कारण काभ्रेपलान्चोक जिल्लाको विभिन्न ठाउंमा बाढी पहिरोमा परि धेरैले ज्यान गुमाएका छन् । बेपत्ता हुने र घाईतेको संख्या पनि उत्तिकै रहका छन् । बाढी र पहिरोको कारण खेतबारी मात्रै नभएर कयौं वस्ती बगरमा परिणत भएका छन् । लामो समयसम्म जिल्लाको विभिन्न भेग र वस्तीमा बिजुलीबत्ती,संचार र यातायात अबरुद्ध भएपछि बाढी पीडितका जनजीवन निक्कै कष्टकर बनेका छन् ।

यो विषम परिस्थितिमा संविधानसभा सदस्य तथा पूर्वमन्त्री रेशम लामा विभिन्न वस्तीमा रहात सामाग्री सहित बाढी पहिरोको कारण समस्यामा परेका काभ्रेली जनताको घाउमा मलमपट्टी लगाउन अग्र पंतिमा लागेका देखिन्छ ।यत्ति मात्रै नभएर उनले पीडितको मनोवल उच्च बनाउन र नआत्तिन अनुरोध गर्दै पीडितको समस्या सम्बोधनका लागि आफु संधै काभ्रेली जनताको पक्षमा रहेको बताए । अझ महत्वपूर्ण काम भने पूर्वमन्त्री लामाको पहलमा खानिखोला र महाभारत गाउंपालिकामा जेनेरेटरबाट अवरुद्ध भएको टावर संचालन गरि टुटेको संचार सुचारु गर्न सफल भएको छ ।

लामाले तत्कालको लागि मानव जीवन बचाउन खाद्यन्न रहात, संचार, विधुत, खानेपानी र यातायात सहज बनाउन संबन्धित मन्त्रालय पुगेर छलफल गरी कार्यन्वयनमा लागेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्