10.1 C
Kathmandu

कला/ साहित्यतामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्ग जर्मनको संयुक्त प्रस्तुति “ह्याङ्ला दोङ्ह्राप...

तामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्ग जर्मनको संयुक्त प्रस्तुति “ह्याङ्ला दोङ्ह्राप चु डम्फु” बजारमा

काठमाडौं । नेपाल तामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्ग जर्मनको संयुक्त प्रस्तुतिमा तामाङ डम्फु गीत” ह्याङ्ला दोङ्ह्राप चु डम्फु” डिजिटल बजारमा सार्बजनिक भएको छ ।

तामाङ गीतसंगीतको बजारमा दिनहु जसो थरी थरीको गीतहरु बजारमा सार्बजनिक भए संगै नेपाल तामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्ग जर्मनले भने संस्कार संस्कृति तथा ईतिहास संग सम्बन्धित गीत बजारमा ल्याएको छ ।पछिल्ला समय कस्को कुन गीत कत्ति चल्यो अर्थात हिट भयो भनेर जोख्ने तराजु युट्युवको भिउज बनेको छ । भिउजकै आधारमा मुल्याङ्कन गर्ने हो भने अहिले सम्म यस्ता संस्कार संस्कृति संग सम्बन्धित गीतहरु बिरलै चलेको देखिन्छन । माया पिरती, ख्यालठट्टा तथा व्यावसायीक तवरले निर्माण गरेका केही गीतहरुले भने युट्युवमा सन्तोषजनक भिउज पाएको देखिन्छ । जे होस भिउज जत्ति कमाए पनि यस्ता खालका गीतहरुले पछिल्ला पिडिलाई राम्रो पाठ दिनेछन र यस्ता गीतहरु बाट धेरै कुराहरु जान्ने र बुझ्नेछन् । तयर्थ समय अनुकुल यस्ता गीतहरु बजारमा आउनु अपरिहार्य छ ।

तामाङ समाज हाम्बर्ग , जर्मनले जर्मनमा भएको ल्होछार कार्यक्रममा नेपाल तामाङ कलाकार संघसंग अबद्ध कलाकारहरुको तामाङ तथा सेलो गीतहरु कार्यक्रममा प्रस्तुत भए बापत कार्यक्रममा बजेका गितहरुको रोयल्टी स्वरुप रकम संकलन गरेर उक्त रकमबाट तामाङ भाषा अनि संस्कृति सम्बन्धि गीत निर्माण गर्ने उदेश्यका साथ नेपाल तामाङ कलाकार संघसंग समन्वय गरेर तामाङ गीत ” हयाङ्ला दोङ्ह्राप चु डम्फु” निर्माण गरेर बजारमा सार्बजनिक गरेको छ ।

तामाङ समाज हाम्बर्ग जर्मनले यो अहिले सम्मकै नयां र नौलो तरिका अपनाउदै कला र कलाकारको जगेर्ना गर्ने उदेश्यका साथ निर्माण गरेको गीतमा गायक तथा शब्दकार जिवन बम्जनको शब्द , नेपाल तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगितकार बिशाल काल्तानको संगित , पावन वाङ लामा को एरेन्ज र दिपेश प्रधानको मिक्सिङ रहेको छ ।
गितमा स्वर दिने कलाकारहरुमा : संजिव वाईबा, बिश्व दोङ, बिशाल काल्तान, बैरागि मोक्तान, जितु लोप्चन, सुमिना लो, अस्मान लोप्चन, सुबास मोक्तान, रेश्मा बम्जन, योगेश लामा, लक्ष्मि स्याङ्तान, खेम मोक्तान, बसन्ति लामा, मिन योन्जन रहेको छ ।

गीत बिशाल काल्तान च्यानलमार्फत सार्बजनिक गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्