23.1 C
Kathmandu

कला/ साहित्यबौद्ध नयाँवस्तीको चर्चासंगै दर्शकको प्रतिकृया अनेक

बौद्ध नयाँवस्तीको चर्चासंगै दर्शकको प्रतिकृया अनेक

काठमाडौ । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको उर्मिला वाईबाको बौद्ध नयाँवस्तीको अफिसियल भिडियो शुक्रबार सार्बजिनक भएको छ । शुक्रबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

गीतको भिडियो सार्बजनिक भएसंगै दर्शकहरुले अनेक थरीका प्रतिकृया दिन थालेका छन् । हुन त यो गीतको भिडियो छायांकनताका बनाइएको शुटिङ सिपोर्टमै पनि अनेक किसिमका चर्चा हुन थालेका थिए । छायांकन रिपोर्टमा नायिक slot gacor hari ini एलिना रायमाझीको छोटो अभिव्यक्तिसंगै दर्शकले थरी थरीका प्रतिकृया दिएका थिए । यसो त अफिसियल म्यूजिक भिडियोमा पनि त्यस्तै प्रतिकृया आउनु कुनै नौलो कुरा रहेन । हामीले यो समाचार तयार पार्ने समय सम्म बौद्ध नयाँवस्तीको भिडियोमा ३६० जना भन्दा धैरैले भिडियोमाथी आ–आफ्ना प्रतिकृया दिईसकेको देखिन्छ भने भिडियोलाई चार हजार सात सय भन्दा धेरैले मन पराईएको छ । भिडियो सार्बजनिक भएको १८ घण्टामै ५१ हजार भन्दा धेरै पटक हेरेको छ । भिडियो हेर्नु मन पराउनु संगै भिडियोमाथी अनेक थरीका टिकाटिप्पणीहरु गर्न थालेका छन् । केही आंशिक दर्शकले भिडियोमा एलिना रायमाझी नै किन तामाङ ईण्डस्टीमा एक एक से एक मोडल अर्थात नायीहरु छन् तिनलाई किन अवसर दिएनन् ? भन्ने खालका प्रश्न खडा गरेको देखिन्छ भने केही दर्शकहरुले तामाङको पोषाक किन प्रयोग गरिएन ? भन्ने जिज्ञासा समेत राखेका छन् । धेरैले खुलेरै गीतको अडियो र भिडियो मेकीङको पक्षको प्रशंसा गरेका छन् भने केहीले भिडियो मेकिङ प्रति पनि प्रश्न उठाएको पाईन्छ ।

यस्ता खालका प्रतिकृयाहरु आएसंगै तामाङ चलचित्रका महानायक अमिर दोङसंग हामीले प्रत्यक्ष रुपमा प्रश्न गर्दा दर्शकहरुले आफ्ना ढंगले प्रश्न गर्नु र जिज्ञासा राख्नु स्वभावीक रहेको बताए । उनले भने यो पटक भिडियोमा फरकपन ल्याउने उदेश्यका साथ धेरै मिहेनत गरेर भिडियो तयार पारेको हुंदा दर्शकले अलि कत्ति पनि मनमा कुरा नराखी दिल खोलेर प्रतिकृया दिन समेत आह्वान गरेका छन् । त्यस्तै गायक तथा संगीतकार च्वाईस दोङले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो शेयर गर्दा यस्तै खालका विचार राखेको देखिन्छ । यसरी सामाजिक सञ्जालमा देखका प्रतिकृया संगै अत्याधिक चर्चाको कारण भिडियो ट्रेण्डिङमा आउने प्रचुर सम्भावना रहेको देखिन्छ । यसो त गीतको अडियो र भिडियो मेकिङ पार्ट बलियो रहेको हुंदा ट्रेण्डिङमा आउनु पर्ने हो भन्ने खालका प्रतिकृया पनि आएको पाईन्छ ।

बौद्ध नयाँवस्तको गीतमा शब्द रचना हांस्यकलाकार कुईसाङ रुम्बाको रहेको छ भने संगीत च्वाईस दोङको रहेको छ । गीतमा स्वर संगीतकारद्धय च्वाईस दोङको साथमा चर्चित गायीका सुमिना लो को रहेको छ । जोगलाल लामाले एरेन्ज गरेको अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । गीतको भिडियो तर्फ भने तामाङ चलचित्रका महानायकद्धय अमिर दोङको निर्देशन तथा नायक राज किङ वाईबाको नृत्य निर्देशनमा अमिर दोङ र नायिका एलिना रायमाझिको मुख्य अभिनय रहेको छ । भिडियोमा कुईसाङ रुम्बा, सञ्जिव गोले, बिशाल दोङ, डि.बी. रुम्बा, पेमा लामा योञ्जन, बिशाल थिङ लगायत अन्य कलाकारहरुको समेत अभिनय हेर्न सकिनेछ ।

गीतको भिडियो सार्बजनिक कार्यकम्रमा प्रकाश मानव सेवा केन्द्रका सञ्चालक धर्म गुरु प्रकाश भुझेल, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष के.बी.घिसिङ, तामाङ पत्रकार संघका संघिय महासचिव तिर्थमान बल, मम्स् ईन्टरनेशनलका अध्यक्ष एवम् नायिका रञ्जिता ब्लोन लगाय अन्य कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेका थिए । पत्रकार सम्मेलन तथा बौद्ध नयाँवस्तीको भिडियो सार्बजनिक कार्यक्रम संगै प्रथम मिस्टर तामाङ–२०२४ का विजेता तथा उपविजेतलाई सम्मान तथा बधाई कार्यक्रम समेत राखेका थिए । मिस्टर तामाङ–२०२४ मा सहभागी सबै प्रतियोगीहरुलाई समेत तामाङ सुपर स्टार डम्फु मिडियाबाट खादा लगाएर सम्मान गरेका थिए ।

भिडियो हेर्नुहोस….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्