24.1 C
Kathmandu

ब्रेकिङ समाचारगुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, एक जना बेपत्ता

गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौ । गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका वडा नं.६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

पहिरोमा पुरिएर एकै घरका भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको छ भने पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्त रही भेषबहादुरी श्रीमतीको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । अहिले उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटनास्थलमा पुगेका छन् ।

गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्