24.1 C
Kathmandu

समाचारराष्ट्रिय तामाङ घेदुङको निर्माणाधिन भवनमा झरि पर्दा समेत किन ओईरिए तामाङहरु ?

राष्ट्रिय तामाङ घेदुङको निर्माणाधिन भवनमा झरि पर्दा समेत किन ओईरिए तामाङहरु ?

काठमाडौ । नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधिन भवनमा शुक्रबार अविरल बर्षाको बिचमा पनि थुप्रै मान्छे ओईरिएका थिए ।नेपाल राष्ट्रिय तामाङले संघीय ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री माननीय पुर्णबहादुर (कान्छाराम) तामाङ र रेडियो नेपालका नव नियुक्त कार्यकारी निर्देशक अमरध्वज लामा बललाई बधाई तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्ना भएको छ । उक्त कार्यक्रममा कलाकार, पत्रकार, राज्यको महत्वपूर्ण जिम्मेवार सम्हालेका व्यक्ति विशेष लगायत तामाङ समुदायका अन्य मानिसहरु चपलिहाईटमा ओईरेका थिए ।

बिहीबार बुढानिल्कण्ठ चपलिहाईट स्थित नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधिन भवनमा एक कार्यक्रमका बिच तामाङ समुदायबाट राज्यको महत्वपूर्ण अंगमा नियुक्त दुई जनालाई बधाई तथा सम्मान व्यक्त गरेका हुन् । उक्त कार्यक्रमबाट सम्मानित व्यक्तित्वहरुमा नेपाल सरकारको संघीय ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री माननीय पुर्णबहादुर (कान्छाराम) तामाङ र रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा बल रहेका छन् । राज्यमन्त्री तामाङ नेपाली कांग्रेसबाट रामेछाप जिल्लाबाट निर्वाचित संघिय यदस्य रहेका थिए भने अमरध्वज लामा दुई दशक लामो समय सम्म रेडियो नेपालमा कार्यरत थिए । रेडियो नेपालबाट अबकास प्राप्त लामा संचार क्षेत्रका निक्कै सक्षम र अव्बल व्यक्ति हुन् । केही समय अघि मात्रै नेपाल सरकारबाट उनलाई नेपालकै पहिलो विधुतिय संचार रेडियो नेपालको कार्यकारी प्रमुख जस्तो जिम्मेवार पदमा नियुक्ति दिएका थिए ।

नेपाल राष्ट्रिय तामाङ घेदुङले आयोजना गरिएको उक्त कार्यक्रम अन्य क्रार्यक्रमहरु भन्दा फरक र पृथक रहेका थिए । बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएको कार्यक्रम सांझ पख सम्म पनि मुख्यमन्त्रीको आगमन नभएपछि नेपाल सरकारको संघीय ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री माननीय पुर्णबहादुर (कान्छाराम) तामाङले औपचारिक रुपमा उद्घाटन गरेका थिए । कार्यक्रम यस अर्थमा फरक र पृथक थियो- कार्यक्रममा सम्मान स्वरुप ठुलठुलो फ्रेम सहितको सम्मान पत्र थिएन । तामाङ जातिको मौलिक बाजा डम्फुलाई नै सम्मान र बधाईको साथ हस्तानतरण गरेका थिए । त्यस्तै उपस्थित अन्य अतिथिहरुलाई पनि मायाको चिनो स्वरुप डम्फु नै हस्तानतरण गरेका थिए ।

डम्फु गीत र नाच संगै कलाकारहरुले झरिको बिचमा पनि भवनको प्रवेशद्वारदेखि सभाहल सम्म लाईन लागेर नाचगान सहित मुख्यमन्त्रीको स्वागतको पर्खाईमा रहेका कलाकारहरु सांझपख सम्म पनि नआए पछि निराश भएका थिए । अन्ततः नेपाल सरकारको संघीय ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री माननीय पुर्णबहादुर (कान्छाराम) तामाङको उपस्थिति पछि कार्यक्रमले पूर्णता पाउनुका साथै कार्यक्रमको माहोलले रौनकता पाएका थिए । डम्फु बजाउंदै नाचगान गरेर राज्यमन्त्रीको भव्य स्वागत संगै थोरै अतिथिहरुको मन्तव्य भने निक्कै रोचक र चाखलाग्दो थिए ।

कार्यक्रमको विशेष अतिथि नेपाल सरकारको पूर्वमन्त्री तथा संविधानसभा सदस्य रेशम लामाले कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मुख्यमन्त्रीलाई कार्यक्रममा आउन समय नमिल्न सक्छ तर मन्त्रीकै समयानुकुल निर्धारण गरिएको कार्यक्रमलाई यसरी बेवास्ता गर्न नमिल्ने कुरा बताउंदै दुख व्यक्त गरेका थिए । त्यस्तै तामाङहरुको पहिलो र एक मात्र सांस्कृतिक भवनको चर्चा संगै नेपाल तामाङ घेदुङको घ्रेन धिम निर्माणको हल्ला कहां पुग्यो भनेर समेत प्रश्न गरेका थिए । यत्ति मात्र नभएर हल्ला खल्ला बिना नै राष्ट्रिय तामाङ घेदुङले भवन ठड्याएकोमा खुशी व्यक्त गर्दै छिट्टै नै भवन निर्माण सम्पन्न गर्ने र गराउने कुरामा समेत जोड दिएका थिए ।

कार्यक्रमको अर्को विशेष अतिथि संघका सल्लाहकार डिके बुद्धिस्ट तामाङले कार्यक्रममा बोल्द भने “ राज्यको महत्वपूर्ण निकायमा तामाङको छोराहरु पुगेको देख्दा हामीलाई खुशी हुने, खुशी व्यक्त गर्ने र सम्मान गर्न पाउने अधिकारबाट बन्चित नगराउन मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए । नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधिन भवन बनाउने जग्गा समेत उनैले हस्तानतरण गरेका थिए ।

राज्यमन्त्री तामाङले भने कार्यक्रमलाई सम्बोधन गर्दै तामाङहरुमा एकरुपता हुन जरुरी रहेको बताए । तामाङ कसाकार देखि हरेक पेषागत संस्था र सामाजिक संस्थाहरु आफुअनुकुल खोलेर होईन आज यही भवनबाट हामी एकरुपता भयौ भन्ने सन्देश दिन समेत अनुरोध गरेका थिए । कार्यक्रममा नेपाल मौलिक ह्वाईला न्हान, तामाङ जुहारी कलाकार संघ र दाङ्बोला ग्युईठिमका कलाकारहरुले डम्फु गीत र नृत्य सहित मनोरन्जन दिएका थिए ।

संघको अध्यक्ष वीरबहादुर योञ्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव प्रविण कुमार बलले संचालन गरेका थिए भने स्वागत मन्तव्य संचार विभाग प्रमुख कर्म तामाङले राखेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्