21.1 C
Kathmandu

कला/ साहित्यम्युजिक भिडियोले मनोरन्जन संगै मौलिकता झल्काउन सक्ने उदाहरण दिंदै “रोशी त खोलाको”

म्युजिक भिडियोले मनोरन्जन संगै मौलिकता झल्काउन सक्ने उदाहरण दिंदै “रोशी त खोलाको”

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा पछिल्ला समय तामाङ सेलो गीत संगीतले संख्यात्मक रुपमा मात्र नभएर गुणात्मक रुपमा पनि आफ्नो स्थान बलियो बनाउन सफल भएको देखिन्छ । त्यसैको एउटा राम्रो उदाहरण हो सेलो गीत रोशी त खोलाको किनारमा फनफनी घुन्ने जोर घट्ट भन्ने गीत ।

शनिबार नेपाल तामाङ कलाकार संघको अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार विशाल काल्तनको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतले मनोरन्जन संगै मौलिकतालाई पनि जोड दिन खोजेको देखिन्छ । 

“रोशी त खोलाको किनारमा फनफनी घुम्ने जोर घट्ट, हांसेर मात्रै के बसौं कान्छी बोलेर गरौं ख्याल ठट्टा” यसै गीतका गायक तथा संगीतकार विशाल काल्तन आफैले लेखेको यो गीतको शब्द लेखन पक्ष गीतको प्रारम्भिक चरण नै बलियो रहेको देखिन्छ । काल्तन आफैमा आफ्ना सिर्जना मार्फत दर्शक स्रोताको मन मस्तिष्कमा बस्न सफल एक कुशल र व्यवसायीक रुपमा स्थापित गायक तथा संगीतकार हुन् । त्यस्तै तामाङ सेलो गीतसंगीतको बजारलाई आफ्ना आवाज मार्फत निक्कै फड्को मार्न सफल चर्चित गायिका जितु लोप्चन र उनै काल्तनले गाएको यो गीतको अडियो पक्ष पनि उत्तिकै बलियो रहेको देखिन्छ ।

लामो बर्षदेखिको संगीत संयोजनको क्षेत्रमा अनुभवले खारिएका व्यक्ति फनिन्द्र राईको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ रहेको यो गीतको अडियो पक्ष सबै हिसाबले भरिपुर्ण देखिन्छ ।

गीतको भिडियो पक्षमा भने नेपाली तथा तामाङ जुनसुकै गीतको भिडियोमा फरकपन मात्र होईन मोडनाईजेशन संगै मौलिकतालाई पनि उत्तिकै जोड दिनु पर्छ भन्ने पक्षमा रहेका एक कुशल निर्देशक प्रतिक ङ्यासुरले निर्देशन गरेका हुन् । उनि आफैले कुशल कोरियो ग्राफर र मोडल पनि हुन् । उनले यो गीतको भिडियोमा समिर तामाङ र सपना आर बम्जनलाई निक्कै रोचक र मनोरन्जनात्मक ढंगले प्रस्तुत गरेको देखिन्छ । गाउंघरबाट लोप हुंदै गएको घट्टलाई गीतको शब्दमा मत्र नभएर दृश्यमा पनि देखाईएको छ । मेलो पईंचोमा जाने बखत ढुंगाको तावामा रोटी पोलेर  केराको पातमा बांडेर खाने त्यो मौलिक चलनलाई समेत दृश्यमा अटाउन सफल भएको छ । यसरी गीतको अडियो र भिडियो दुवै पक्ष बलियो रुपमा तयार गरेर सार्बजनिक गरिएको यो गीत दर्शकले कत्ति रुचाउंछन भनेर लेखा जोखा गर्ने पछिल्लो डिजिटल माध्यम भने युट्युव नै रहेको छ ।

पेमा दोर्जे बम्जनको प्रस्तुति रहेको यो गीतको भिडियो छायांकन जिवन बास्कोटा(सुन्दर)ले गरेका हुन भने दृश्य तथा रंग सम्पादन अमृत चापागाईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्