२१ मंसिर २०७८,
काठमाडौ । नेकपा माओवादी (केन्द्र) निकट संगठन ‘जनसाँस्कृतिक महासंघ नेपाल’ बागमती प्रदेशको पहिलो महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनबाट गायक तथा संगीतकार बिश्व दोङलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरिएको हो । दोङको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।
आईतबार ललीतपुर बालकुमारीमा सम्पन्न अधिवेशनबाट बाग्मती प्रदेशभित्रका अन्य जिल्लाको अध्यक्ष समेत चयन गरिएको छ । यसै क्रममा तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ काभ्रे ‘जनसांस्कृतिक महासंघ नेपाल’को अध्यक्षमा चयन गरिको छ ।